पहिलो चरणको खोप अभियान अन्तर्गत आजबाट दोस्रो डोज दिन सुरु

गएको डिसेम्बर २३ देखि सुरु भएको कोरोनाभाइरसको पहिलो चरणको खोप अभियान अन्तर्गत कतारले आज बाट दोस्रो डोज दिन सुरु गरेको छ।

कतार युनिवर्सिटीका पूर्व प्रमुख अब्दुल्लाह अल कुबैसी कतारमा भाइरस विरुद्ध फाइजर-बायोटेक कम्पनीको खोप लगाउने पहिलो कतारी नागरिक र ८८ वर्षिय सिरियाली नागरिक मोहम्मद फ्रेजाट कतारमा खोप लगाउने दोस्रो व्यक्ति र पहिलो प्रवासी हुन् ।

देशभरका दस स्वास्थ्य केन्द्रहरूमा संचालित खोप अभियान अन्तर्गत ६५ वर्ष भन्दा बढी उमेरका व्यक्तिहरू,दीर्घकालीन रोग भएका बिरामी र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई प्राथमिकता दिइएको छ।

त्यस्तै मोडर्ना कम्पनीको खोप पनि केहि साता भित्रै कतार आइपुग्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button