शुक्रवार कतारमा १९६ जनामा कोरोना भाइरसको संक्रमण देखियो

गएको २४ घण्टामा १९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको र १७४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये १६४ जना स्थानीय र ३२ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४६,८८५ पुगेको छ ।
मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १२,५५८ जनालाई परिक्षण गरिएको थियो । हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २४६ रहेको छ भने निको हुनेको संख्या १,४३,४३५ पुगेको छ ।
कतारमा अझै ३२०४ जनालाई कोरोना भाइरसको संक्रमणबाट निको हुन बाँकी छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना भएका – ३१ जना
अझै अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – २९४ जना
आईसीयुमा भर्ना भएका – २ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २८ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो