स्पोर्ट्स डेका अवसरमा हुने भनिएको कतार र नेपालबीचको टि २० सिरिज स्थगित
कतारस्पोर्ट्स डेका अवसरमा कतार र नेपाल र कतारक्रिकेट टिमबीच हुने भनिएको भनिएको टी–२० अन्तर्राष्ट्रिय शृंखला स्थगित भएको छ । नेपाल र कतारबीचको टी–ट्वान्टी शृंखला कतारमा फेब्रुअरी ९, १० र १२ मा हुने तय थियो ।
तर कोभिड–१९ को असरका कारण कतार सरकारले कतार स्पोर्ट्स डेमा क्रिकेट लगायतका सबै प्रतियोगिता स्थगित गरेका कारण कतार र नेपालबीचको खेल स्थगित भएको नेपाल क्रिकेट संघले जनाएको छ ।
खलकै लागि नेपाल क्रिकेट संघ क्यानले १८ सदस्यीय टोलीलाई बन्द प्रशिक्षणमा बोलाउने निर्णय गरेको थियो । शृंखला नहुने भएपछि बन्द प्रशिक्षणसमेत स्थगित भएको छ । बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीलाई सोमबारदेखि प्रशिक्षण सुरु गर्ने कार्यक्रम थियो ।
कतार भ्रमण टोलीको लागि घोषणा टोलीमा नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषावकर, वसन्त रेग्मी, आरिफ शेख, सुसन भारी, ललितनारायण राजवंशी लगायतका पहिलो रोजाईका खेलाडीहरु भने रहेका थिएनन् ।