कोरोनाभाइरस : कतारमा फेरि प्रतिवन्ध सुरु

केही दिन यता देखि संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भैरहेका कारण कतारमा कोरोनाभाइरसको दोस्रो लहर आउन नदिन मन्त्रीपरिषदको निर्णय बमोजिम विभिन्न क्षेत्रमा प्रतिवन्ध पुन लागू भएको छ ।

यस्ता छन् प्रतिवन्ध :

१. सरकारी तथा निजि क्षेत्रको कार्यलयमा ८० प्रतिशत कामदारले मात्र काम गर्न पाउने,बाँकिले घर बाट काम गर्नुपर्ने ।

२. कोभिड -१९ विरुद्धको सावधानी अपनाएर बढीमा १५ जनाले मात्र कार्यालय भेला गर्न पाउने ।

३. घर बाहिर निस्किदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने । एह्तेराज एप पनि अनिवार्य ।

४. मस्जिद खुला रहने तर शौचालय तथा अन्य सुविधा बन्द राखिने ।

५. पार्क,समुन्द्री किनारा,कर्नेश लगायतका स्थानमा १५ जना भन्दा बढी भेला हुन नपाउने ।

६. बस तथा भ्यानको आधा क्षमता अनुसार मात्र कामदार बोक्न पाउने । अन्य निजि सवारीमा ४ जना भन्दा बढीले यात्रा गर्न नपाउने ।

७. मेट्राे तथा कर्वा बस ३० प्रतिशत यात्रु क्षमताले मात्र चल्ने ।

८. बढी भिडभाड हुने मार्केट ५० प्रतिशतले मात्र खोल्न पाउने ।

९. होलसेल मार्केट ३० प्रतिशतले खोल्न पाउने ।

१०. सैलुन ३० प्रतिशतले खोल्न पाउने ।

११. भित्री स्विमिङ पुल बन्द गरिने,बहिरी पुल तथा वाटर पार्क ३० प्रतिशतले खोल्न पाउने ।

१२. निजि स्वास्थ्य सेवा पुर्ण रुपले चल्ने ।

१३. जिम तथा अन्य हेल्थ क्लब ३० प्रतिशतले खोल्न पाउने ।

१२. भित्री विवाह समारोहमा १० र बाहिरीमा २० जना भन्दा बढी सहभागी हुन नपाउने । सहभागी हुने व्यक्ति आफन्त हुनु पर्ने र कार्यक्रम बारे आन्तरिक मन्त्रालयलाई खबर गर्नुपर्ने ।

१५. भित्री अन्त्येष्टि कार्यक्रममा ५ र बाहिरीमा १५ जना भन्दा बढी सहभागी हुन नपाउने ।

१६. ड्राइभिङ स्कुल २५ प्रतिशतले मात्र खुल्न पाउने ।

१७. कतार फर्कन पुरानै नियम यथावत रहने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button