राष्ट्रिय खेलकुद दिवस भव्यताका साथ मनाइयो

दि पेनिनसुला कतार
कतारले हिजो आफ्नो खेलकुद दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएको छ।हिजो अमिर शेख तमिम विन हमाद अल थानी,राजपरिवारका सदस्य लगायत थुप्रै उच्चतहका सरकारी कर्मचारी लगायतको सहभागिता रहेको थियो।
सन् २०११ को धारा ८० बमोजिम हरेक वर्ष फेब्रुअरी महिनाको दोस्रो मंगलबार खेलकुद दिवस मनाउने गरी गरिएको फैसला अनुरूप कतारले हिजो ७ औं राष्ट्रिय खेलकुद दिवस मनाएको हो।
सम्पूर्ण देशवासीहरुलाई खेलकुद मार्फत स्वास्थ्य जीवन निर्वाहका लागि प्रेरित गर्न अमिर हिजो टावर एरिया र कर्नेश क्षेत्रमा आयोजित साइकल दौडमा सहभागी हुनुभएको थियो।त्यस्तै बुवा अमिर शेख हमाद विन खलीफा अल थानी अमिरी दिवान अगाडि पैदल व्यायाममा सहभागी हुनुभएको थियो।बुवा अमिरले उट र घोडा दौडको अवलोकन पनि गर्नुभयो।

कतार फाउन्डेसनका प्रमुख एच एच शेखा मोजा विन्त नासेर ले पनि एजुकेसन सिटी आयोजित कार्यक्रममा सहभागिता जनाउनु भएको थियो।उहाँ सँगै कतार ओलम्पिक कमिटीका प्रमुख शेख जोआन विन हमाद अल थानी,उद्योग तथा ऊर्जा मन्त्री लगायत उच्च तहका कर्मचारी सँगै हजारौं देशवासीहरुको सहभागिता रहेको थियो।
कतार खेलकुदको लागि हरेक वर्ष एक दिन समर्पित गर्ने मध्यपूर्व कै पहिलो राष्ट्र हो।हरेक वर्ष झै हिजो सरकारले सार्वजनिक बिदा दिएको थियो।