४६ केजी गाँजा बरामद

भन्सार निरीक्षण विभागले ४६ केजी गाँजा सँगै ४ टन सुर्ती बरामद गरेको छ।हमाद अन्तराष्ट्रिय विमानस्थल र हमाद बन्दरगाहमा गरिएको ११ छुट्टाछुट्टै निरीक्षणमा ती अवैध सामग्री भेटिएको हो।

विमानस्थलमा गरिएको ७ निरीक्षण बाट गाँजा बरामद गरिएको मन्त्रालयले जनाएको छ। गाँजा हवाई कार्गो मार्फत आएको लुगा,डसना र कारको कुसन भित्र फेला परेको थियो।
यता अवैध ४ टन सुर्ती हमाद बन्दरगाह बाट बरामद गरिएको छ।सुर्ती विद्युतीय हिटर र स्टिल बक्स भित्र भेटिएको थियो।