विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा गर्ने नेपाल सरकारको तयारी, वार्ता टोली बनाउँदै

काठमाडौं : सरकारले प्रतिबन्ध लगाएको झण्डै दुई विप्लव नेतृत्वको राजनीतिक प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। बालुवाटार स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको जनाएको छ।

नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकरात्मक रहेको जनाएका थिए। महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्न वातावरण बन्ने अवस्थामा सरकारसँग सम्वाद र वार्ता गर्न तयार रहेको जनाएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विप्लवसँग वार्ता गर्न लागेकोमा केही समूहलाई राम्रो नलागेको पनि बताएका थिए। ओलीले काठमाडौंको टौदहमा भएको कार्यक्रममा भूमिगत रुपमा राजनीति गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहले सरकारसँग वार्ता गर्न सकारात्मक हुँदा अन्य राजनैतिक दललाई मन नपरेको आरोप लगाए।

गत माघ २७ गते खानेपानीमन्त्री मणि थापाले नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश वलीलाई भेटेका थिए।

त्यसै अनुरुप सरकारले आज मन्त्रिपरिषद बैठक बसेर प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको हो। सरकार र विप्लव समूह दुवैले वार्ता टोली पनि घोषणा गर्ने पनि जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button