बिज्ञापन

रुबिना बनिन् बिग बोस १४ औं संस्करणको विजेता

भारतको चर्चित रियालिटी शो बिग बोसको १४ औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् । टेलिभिजन अभिनेत्री रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।

रुबिनाले छोटी बहू, शक्ति सहितका टेलिभिजन सिरिजमा गरेको अभिनयका कारण चर्चामा थिइन् ।

राहुल वैद्य बिग बोसको यो सिजनको फस्ट रनर–अप बनेकी छन् । उनी यसअघि इन्डियन आइडलको पहिलो सिजनमा पनि रनर–अप बनेका थिए ।

बिग बोस कार्यक्रम सन्चालक सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि सबै प्रतियोगीहरुलाई १४ लाख रुपैयाँ लिएर शो छोड्ने विकल्प दिएका थिए । सोचेर निर्णय लिन ३० सेकेण्डको समय दिइएको थियो ।
कलाकार राखी सावन्तले १४ लाख लिएर शोबाट विदा हुने निर्णय लिएकी थिइन् ।

शोमा माधुरी दीक्षित, धर्मेन्द्र, रितेश देशमुख पनि देखिएका थिए। २२ सदस्यसँग ३ अक्टुबरमा सुरु भएको बिग बोस ११७ एपिसोडसम्म चलेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button