बिज्ञापन

कतारमा कोरोना : आज ६६ बर्षिय नागरिकको मृत्‍यु, अझै ९९१७ जनालाई निको हुन बाँकी

गएको २४ घण्टामा ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४९५ जनालाई निको भएको र थप एक जना ६६ बर्षिय नागरिकको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४२५ जना स्थानीय र ३८ जना अन्य मुलुक बाट आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,६०,८८९ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ९,६१८ जनालाई परिक्षण गरिएको थियो । आज एक थप गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २५७ रहेको छ र निको हुनेको संख्या १,५०,७१५ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ 

अस्पताल भर्ना हुने – ९१ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ६४३ जना

आईसीयुमा भर्ना हुने – ६ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ८५ जना

आज सम्म जाँच भएको संख्या – १५,०५,६४६ जना

अझै निको हुन बाँकीको संख्या : ९,९१७ जना

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौं

कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button