कतारमा रहने सबै प्रवासी र आगन्तुकहरुको स्वास्थ्य बीमा अनिवार्य हुनुपर्ने

दोहा, कतारमा रहने सबै प्रवासी र आगन्तुकहरूले कतारमा आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्नका लागि अनिवार्य स्वास्थ्य बीमा लिनुपर्ने नियमावली हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ ।

कतारका प्रधानमन्त्री एवं गृहमन्त्री शेख खालिद बिन खलीफा बिन अब्दुलाजीज अल थानीको अध्यक्षतामा हिजो दिउँसो अमीरी दीवानमा नियमित बैठकको बसेको थियो ।  मन्त्रिपरिषद्ले देशभित्र स्वास्थ्य सेवा सेवाको व्यवस्था गर्ने उक्त मस्यौदालाई अनुमोदन गर्दै शुरा काउन्सिल लाई पठाइएको हो ।

  • मस्यौदाको उक्त तयारीले एक एकीकृत, उच्च गुणस्तर, कुशल र दिगो स्वास्थ्य प्रणाली प्रदान गर्नका लागि काम गर्नुपर्ने ।
  • सरकारी र निजी स्वास्थ्य सुविधामा स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नीति, योजना, प्रक्रिया, प्रणाली र मापदण्डहरूको स्थापना गर्ने ।
  • बिरामीहरूको अधिकार र कर्तव्य निर्धारण गरी स्वास्थ्य सेवा सेवाहरू प्राप्त गर्दा उक्त कुराहरु लाई ध्यानमा राख्नु पर्ने ।
  • नि: शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने र
  • देशका सबै बासिन्दाहरू र आगन्तुकहरूले आधारभूत स्वास्थ्य सेवाहरू प्राप्त गर्नका लागि अनिवार्य स्वास्थ्य बीमा प्राप्त गर्नै पर्ने जस्ता निर्णयहरु भएका छन् ।साथै ड्राइभिंग स्कूलमा ड्राइभिंग सिक्नको लागि आवश्यक पर्ने अस्थायी ड्राइभिंग इजाजतपत्र नवीकरण गर्दा लाग्ने शुल्क छुट दिने निर्णय पनि अनुमोदन भएको छ ।  कोरोनाका कारण ड्राइभिंग स्कुल बन्द भएका बेला (मार्च ३ देखी अगस्त १ तारिख सम्म) प्रशिक्षार्थीहरूको इजाजतपत्र सकिएका लाई नवीकरणमा छुट दिइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button