३१ तारिक दुईवटा उडान हुने

कोरोनाभाइरसका कारण कतारमा उत्पन्न विभिन्न समस्यामा परि नेपाल जानुपर्नेहरुका लागि अगस्ट ३१ तारिकका लागि दुई वटा उडान हुने निश्चिति भएको छ । कतारस्थित नेपाली दूतावासले सूचना प्रकाशित गर्दै नेपाल एयरलाइन्सको नयाँ र हिमालय एयरलाइन्सको १७ अगष्टका लागि तय भई स्थगित भएको उडान हुने जानकारी गराएको छ ।

नेपाल जान गर्नुपर्ने कुराहरु :

१.नेपाल सरकारको निर्णयबमोजिम पिसिआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड-१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्नेछ ।

२.पिसिआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्ने र पिसिआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको छ ।

३.होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ।

४.पिसिआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिनेछ । यस्ता प्राईभेट अस्पतालको सूचि हेर्न यहाँ थिच्नुहोस ।  परीक्षण शुल्क ५०० रियाल सम्म लाग्नेछ ।

५.अत यस अघि टिकट लिई सकेका र दूतावासले प्राथमिकता सूचिमा समावेश गरी नाम प्रकाशित गरिसकेका यात्रुहरुले रिकन्फर्शेन/नयाँ टिकटका लगि सम्बन्धित एयरलाईन्सको निम्न ट्राभल एजेन्सीमा सम्पर्क राख्नु पर्नेछ ।

नेपाल एयरलाइन्सको लागि

Fahd Travels, Jaida Towers (Sales & Reservation)
Abdul Hafeez, Mob +974 70665648, Kashi Dhamala
Mob +97466675150 Tel +974 44318080 Fax +974 44214744 Email: doh.sales@nac.com.np

हिमालय एयरलाइन्सको लागि

Cleopatra Travels, Doha
(D-Ring Road, Building No 51, Area No 45, Area : Old Airport Road in between Lulu & FFC)
Contact Person: Roshan Thakur: Tel+974 44435333 roshanthakur75@gmail.com, roshan@cleopatraholidays.com

६.हवाई भाडा १,४३० रियाल लाग्नेछ ।

७.सुत्केरी तथा गर्भवती महिला र कोभिड-१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरुले आफुलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट फिट टु फ्लाई सर्टिफिकेट अनिवार्य साथमा लिएर मात्र विमानस्थल जानुपर्नेछ ।

८.हवाई उडानका लागि हवाईटिकट लिई सकेका यात्रुहरुले व्यक्तिगत विवरण फारम अनिवार्य रुपमा अनलाइन भरी सो को बारकोडको प्रिन्टेड कपी पनि साथमा लिएर मात्र यात्रा गर्नुपर्नेछ । फारम भर्न यहाँ थिच्नुहोस ।

९. दूतावासले अरु थप उडान तय भए पछि प्राथमितका सूचिमा भएका नामहरु प्रकाशित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button