तेलको भाउ बढ्याे

मार्च महिनामा तेलको भाउ बढेको छ । आज १ तारिख सोमबार देखि लागू हुनेगरि प्रिमियम ,सुपर पेट्रोलको र डिजलको भाउमा १५ दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.६५, प्रीमियम पेट्रोल १.६० र डिजल १.६० रियाल प्रतिलिटर पर्नेछ।

सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।