बिज्ञापन

कतारमा कोरोना : बढ्दै छ कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १० हजार नाघ्यो

कतारमा गएको २४ घण्टामा ४७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने जम्मा ३३२ जनालाई निको भएको र थप एक जना ८७ बर्षिय नागरिकको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४२७ जना स्थानीय र ४४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,६५,०७१ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,५७५ जनालाई परिक्षण गरिएको थियो । आज एक थप गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २६० पुगेको छ भने र निको हुनेको संख्या १,५४,७५२  रहेको छ ।

सरकारले आज भएका संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ 

अस्पताल भर्ना हुने – ८९  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ७४९ जना

आईसीयुमा भर्ना हुने – ८  जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ११० जना

आज सम्म जाँच भएको संख्या – १५,५७,०३१ जना

अझै निको हुन बाँकीको संख्या : १०,०५९ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौं

कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button