बिज्ञापन

कतारमा कोरोना : थप दशको मृत्यु

कोरोनाका कारण हिजो मात्र नौ जनाको मृत्‍युभएको कतारमा आज फेरी थप दश जनाले ज्यान गुमाएका छन् ।

आज मृत्‍युहुने मा ३९, ४०, ५७, ५४, ५७, ६२, ६४, ६९, ७५ अनि ७६ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।  यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३५७ बाट ३६७ पुगेको छ ।

त्यस्तै गत चौबिस घण्टामा देशभर थप ९७८ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९४,९३० पुगेको छ ।

आज भाइरस देखिएका मध्ये ७७२ जना स्थानीय र २०६ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

त्यस्तै आज ६१३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७२,५९८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button