खोप लगाइसकेका व्यक्तिले ६ महिनासम्म क्वारेन्टाइनमा बस्ननपर्ने

भाइरसको खोप लगाइसकेको व्यक्तिले क्वारेन्टाइन बस्ननपर्ने नियम लम्बिएको छ । कतारमा उपलब्ध कोरोनाभाइरस खोपको दुई डाेज लगाइसकेका व्यक्ति १४ दिन देखि ६ महिना भित्र कतार फर्कदा क्वारेन्टाइनमा बस्न नपर्ने स्वास्थ्य मन्त्रालयले बताएको हो । यसअघि यो नियम तीन महिनासम्मका लागि मात्र थियो ।

खोप लगाइसकेका व्यक्तिले भने तुरुन्त कतार बाहिर यात्रा गर्न पाउनेछन् ।

क्वारेन्टाइन बस्ननपर्ने प्रावधानका लागि दोस्रो डाेज लगाएको १४ दिन कटेपछि कतार फर्कदा पिसिआर परिक्षण मात्र गरेपुग्ने हमाद अस्पताल अन्तर्गत सरुवा रोग विभागका प्रमुख डाक्टर अब्दुलातिफ अल खालले बताउनु भएको छ । त्यस्तै अब यो प्रावधान खोप लगाएको ६ महिना सम्मका लागि मान्य हुने तर अन्य देशमा खोप लगाएका लाई भने यो नियम मान्य नहुने डाक्टर खालले बताउनु भयो ।

क्वारेन्टाइन छुटका लागि तोकिएको प्रावधान :

१. खोपको दोस्रो डाेज लगाएको १४ दिन कटेको हुनुपर्ने । कतार फर्कदा पिसिआर परिक्षण गर्नुपर्ने ।

२. खोप लगाएको १४ दिनपछि ६ महिना सम्म यो नियम मान्य हुने । भविष्यमा यो समयावधि अझै थप हुनसक्ने ।

३. अन्य देशमा खोप लगाएका व्यक्तिलाई यो नियम मान्य नहुने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button