कतारले कोरोनाभाइरसको खोप निशुल्क उपलब्ध गराउने

कतारले कोरोनाभाइरसको खोप निशुल्क उपलब्ध गराउने भएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयले भाइरसको खोप सम्पुर्ण सर्वसाधारणलाई निशुल्क उपलब्ध गराउने निर्णय गरेको कोभिड-१९ का लागि राष्ट्रिय रणनीतिक समूहका अध्यक्ष र हमाद मेडिकल कर्पोरेशनमा संक्रामक रोग प्रभागका प्रमुख डाक्टर अब्दुल्लातिफ अल खलले बताउनुभएको छ ।
“मन्त्रालयले पर्याप्त मात्रामा खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । “विश्वभर बाट धेरै माग भएको कारण खोप सुरुमा आवश्यक बिरामीलाई बाहेक सबैलाई प्रदान गर्न सम्भव छैन तर यो कतारमा २०२१ को केहि हप्ता र महिना भित्र सबैमा उपलब्ध हुनेछ,” डाक्टर खलले कतार टिभीको एक कार्यक्रममा भन्नुभएको छ ।
डाक्टर खलको अनुसार खोप व्यक्ति, समुदाय र सार्वजनिक स्वास्थ्यको लागि महत्वपूर्ण भएकाले यो निशुल्क उपलब्ध गराइनेछ ।
कतारमा पर्याप्त मात्रामा खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरमा खोप विकास गरिरहेको फाइजर र बायोनटेक कम्पनीसंग अग्रिम खरिद सम्झौता गरिसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।