बिज्ञापन

कतारमा कोरोना : आईतवार ३३ बर्षिय नागरिकको मृत्‍यु , हाल सम्म मृत्‍युहुने को संख्या २६६ पुग्यो

कतारमा गएको २४ घण्टामा ४८५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने जम्मा ३२१ जनालाई निको भएको र थप एक जना ३३ बर्षिय नागरिकको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

आज भाइरस देखिएका मध्ये ४१४ जना स्थानीय र ७१ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७०,२५२ पुगेको छ ।

मन्त्रालयको  रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा १०,९४२ जनालाई परिक्षण गरिएको थियो । आज एक थप गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २६६ पुगेको छ भने र निको हुनेको संख्या १,५८,१९७ रहेको छ ।

सरकारले आज भएका संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ 

अस्पताल भर्ना हुने – ९९  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ८३७ जना

आईसीयुमा भर्ना हुने – १८  जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – ११३ जना

आज सम्म जाँच भएको संख्या – १,६२,२५१८ जना

अझै निको हुन बाँकीको संख्या : ११,७८९ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौं

कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button