"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कतारमा कोरोना : संक्रमण सँगै मृत्यु दर पनि बढ्दै

आज मार्च १७ तारिख बुधवार कतारमा ४८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने  २८८ जना निको भएका छन् त्यस्तै थप दुई ५० र ५९ बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४१७ जना स्थानीय र ७२ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७१,७०१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १०,७७१ जनालाई परिक्षण गरिएको थियो । आज दुई गरी कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७० पुगेको छ भने र निको हुनेको संख्या १,५९,१४१  रहेको छ ।

मन्त्रालयको रिपोर्ट अनुसार संक्रमण सँगै मृत्‍यु दर पनि बढीरहेको छ । मार्च १४ तारिख देखी यता दिनहु मृत्‍युका खबरहरु आईरहेका छन् । त्यसैले हामी सजग र सुरक्षित रहन आवश्यक छ ।

कस्तो छ त २४ घण्टा भित्रकाे तथ्यांक ?  

अस्पताल भर्ना हुने – १२८  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – ९३८ जना

आईसीयुमा भर्ना हुने – १९  जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १३५ जना

आज सम्म जाँच भएको संख्या – १६,४२१८१ जना

अझै निको हुन बाँकीको संख्या : १२,२९० जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button