बिज्ञापन

कतारमा कोरोना : थप ४९९ जनामा संक्रमण, सावधानी नअपनाउने ४३३ लाई कारबाही

आज मार्च १८ तारिख बिहीवार,  कतारमा ४९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने  ३३१ जना निको भएका छन् ।

आज भाइरस देखिएका मध्ये ४१९ जना स्थानीय र ८०​ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १७,२,२०० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ११,११९ जनालाई परिक्षण गरिएको थियो । कतारमा हिजो एकै दिन दुईको मृत्‍यु भए संगै हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७० पुगेको छ भने निको हुनेको संख्या १,५९,४७२  रहेको छ ।

सरकारले आज भएका संक्रमित हुने नागरिकको राष्ट्रियता भने खुलाएको छैन ।

कस्तो छ त २४ घण्टा भित्रकाे तथ्यांक ?  

अस्पताल भर्ना हुने – १५७  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – १००५ जना

आईसीयुमा भर्ना हुने – २९  जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १४० जना

आज सम्म जाँच भएको संख्या – १६,४८,५५५ जना

अझै निको हुन बाँकीको संख्या : १२,४५८ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

यदी तपाईंलाई वा साथी भाईलाई भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो पनि पढौं

कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?

सावधानी नअपनाउने ४३३ जना लाई कारबाही

आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ४१९ जनालाई कारबाही गरेको छ । त्यस्तै सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज १२ जना कारबाहीमा परेका छन् भने दुई जना एह्तेराज एप प्रयोग नगर्नेलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।

संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button