बिज्ञापन

कतारमा कोरोना : थप एकको मृत्‍यु, हालसम्म ज्यान गुमाउनेको संख्या २७२ पुग्यो

आज मार्च २० तारिख शनिवार कतारमा ५०९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३४४ जनाको नमुना परीक्षण गर्दा ५०९ जनामा संक्रमण पुष्टि भएकोछ भने ३२८ जना निको भएका छन् त्यस्तै आज थप ६१ बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४२० जना स्थानीय र ८९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १७,३,२०६ पुगेको छ ।

थप एकको मृत्‍यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७२ पुगेको छ भने र निको हुनेको संख्या १६,०,११५  रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ ।

कस्तो छ त २४ घण्टा भित्रकाे तथ्यांक ?  

अस्पताल भर्ना हुने – १८२  जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या –१०५५ जना

आईसीयुमा भर्ना हुने – १८ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – १५९ जना

आज सम्म जाँच भएको संख्या – १६,६०,१७५ जना

अझै निको हुन बाँकीको संख्या : १२,८१९ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

हालसम्म खोप लगाइएको सँख्या : ५७,९३३८

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button