के कोरोना भाइरस विरुद्धको खोप लगाएका लाई फेरी संक्रमण हुन सक्छ ?

प्रश्न : के यो सम्भव छ कि कसैले COVID-19 विरुद्धको खोप खोप लगाई सकेका लाई फेरी संक्रमण हुन सक्छ ?
उत्तर : अहिले सम्म कुनै खोप सत प्रतिशत प्रभावकारी भएका छैनन् । गहन क्लिनिकल परीक्षणहरूले अरु खोप भन्दा फाइजर / बायोएनटेक र मोडर्ना खोपहरू लगाएको दुई डोजपछी ९५ % प्रतिशत प्रभावकारी रहेको देखाउछ । त्यसैले भाइरस विरुद्धको एक वा दुई डोजनै लगाइसके पनि फेरी संक्रमण हुन सक्छ ।
प्रश्न : के कतारमा लगाएको कोरोना भाइरस विरुद्धको खोपले महिला वा पुरुषहरूमा प्रजनन क्षमतालाई असर गर्दछ?
उत्तर : हालसम्म तस्तो कुनै प्रमाण वा सैद्धान्तिक कारण छैन जस्ले महिला वा पुरुषहरूमा प्रजनन क्षमतालाई असर गरेको छ ।