बिज्ञापन

कतारमा कोरोना : ५३४ जनामा कोरोना संक्रमण, एकको मृत्‍यु

आज मार्च २३ तारिख मंगलवार कतारमा थप ५३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार ७३८ जनाको नमुना परीक्षण गर्दा ५३४ जनामा संक्रमण पुष्टि भएकोछ भने ३४९ जना निको भएका छन् त्यस्तै आज थप ५५ बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४३७ जना स्थानीय र ९७ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १७,४७,६२ पुगेको छ ।

आज थप एकको मृत्‍यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७५ पुगेको छ भने र हालसम्म कतारमा निको हुनेको संख्या १६,१,१११ रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी छ ।

यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक ?  

अस्पताल भर्ना हुने – १७४ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या –११५० जना

आईसीयुमा भर्ना हुने – २२ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २०७ जना

आज सम्म जाँच भएको संख्या – १६,७९,७१३ जना

अझै निको हुन बाँकीको संख्या : १३,३७६ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै नै हो ।

आज खोप लगाइएको सँख्या :  २१८०६

हालसम्म खोप लगाइएको सँख्या : ६३,७४६१

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button