बिज्ञापन

बढ्दै छ कतारमा कोरोना : थप ५७० जनामा संक्रमण, आज एकैदिन तीनको मृत्‍यु

आज मार्च २४ तारिख बुधवार कतारमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८११ जनाको नमुना परीक्षण गर्दा ५७० जनामा संक्रमण पुष्टि भएकोछ भने ३७७ जना निको भएका छन् त्यस्तै आज थप तीन ४३, ६३ र ७९ बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।

आज भाइरस देखिएका मध्ये ४९४ जना स्थानीय र ७६ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७५,३३२ पुगेको छ ।

आज तीनको मृत्‍यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २७५ बाट २७८ पुगेको छ भने र हालसम्म कतारमा निको हुनेको संख्या १,६१,४८८ रहेको छ ।

जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी दिदै आएका छन् ।

कस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक ?  

अस्पताल भर्ना हुने – २०७ जना

अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – १२४४ जना

आईसीयुमा भर्ना हुने – २८ जना

आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २२४ जना

आज सम्म जाँच भएको संख्या – १६,८६,७४७ जना

अझै निको हुन बाँकीको संख्या : १३,५६६ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै हो ।

आज खोप लगाइएको सँख्या : २०८६४

हालसम्म खोप लगाइएको कुल सँख्या : ६५,८३२५

कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button