अम्रेलास्ट्रिट नजिकै मोटरसाइकल पल्टिँदा चालकको मृत्यु, मोटरसाइकल धनी पक्राउ

चितवन, कात्तिक १६-

भरतपुर महानगरपालिका–२२ अम्रेलास्ट्रिट नजिकै गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

गएराति करिब १ बजेको समयमा बागमती प्रदेश०२–०५१ प १०२१ नम्बरको मोटरसाइल आफै अनियन्त्रित भई पल्टिँदा चालक भरतपुर–२२ बस्ने वर्ष ३१ को अशोक भुजेल गम्भिर घाईते भएका थिए ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएराति २ः१३ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल धनी भने अर्कै व्यक्ति भएको खुलेको छ । मोटरसाइकल र मोटरसाइकल धनी भरतपुर–२२ बस्ने २२ वर्षीय सुदिप आले मगरलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button