कोरोना भाइरस : शुक्रवारबाट लागुहुने गरी कतारमा फेरि थपियो प्रतिवन्ध

बिगत केही दिन यता देखि संक्रमितको संख्या सगै मृत्‍युदर पनि मा उल्लेखनीय वृद्धि भैरहेका कारण कतारमा कोरोनाभाइरसको दोस्रो लहर आउन नदिन आज बुधवार बसेको मन्त्रीपरिषदको निर्णय बमोजिम विभिन्न क्षेत्रमा प्रतिवन्ध पुन लागू भएको छ ।

यी नयाँ निर्णय शुक्रवार, मार्च २७ २०२१ देखि अर्को सूचना नभएसम्म लागू हुनेछन् ।

यस्ता छन् आजका निर्णयहरु
१. कामको चाप अनुसार बढीमा सरकारी तथा निजि क्षेत्रको कार्यलयमा ८० प्रतिशत कामदारले मात्र काम गर्न पाउने, बाँकिले घर बाट काम गर्नुपर्ने ।
२. सरकारी र निजी क्षेत्रका कर्मचारी र कामदारहरूको लागि ५ जना भन्दा बढी बैठकहरूमा भाग लिन नपाउने ।
३. सबै नागरिकहरूले कुनै पनि कारणले घर छोड्दा अनिवार्य मास्क लगाउन लगाउनुपर्ने, गाडीमा एकल भएको अवस्थामा भने नलगाउदा पनि हुने ।
४. सबै नागरिकहरू र बासिन्दाहरूले कुनै पनि कारणले घर छोड्दा स्मार्टफोनमा अनिवार्य एह्तेराज एप ‘EHTERAZ’ सकृय अवस्थामा राख्नु पर्ने ।
५. दैनिक प्रार्थना र शुक्रवारको प्रार्थनाका लागि मस्जिद खोल्ने क्रम जारी रहने, तर शौचालय र वुद्ध सुविधा बन्द राख्नुपर्ने ।
६. बन्द स्थानहरू जस्तै घर मजलिसमा पनि ५ जना भन्दा बढी भेला हुन नपाउने ।
७. अर्को सूचना नभएसम्म बन्द र खुला ठाउँहरूमा विवाहहरू गर्न नपाइने ।
८. पार्क,समुन्द्री किनारा,कर्नेश लगायतका स्थानमा परिवार भए पनि बढीमा २ जना भन्दा बढी भेला हुन नपाउने ।
९. चालक समेत गरेर परिवार भएपनी निजि सवारीमा ४ जना भन्दा बढीले यात्रा गर्न नपाउने ।
१०. बस तथा भ्यानको आधा क्षमता अनुसार मात्र कामदार बोक्न पाउने । तर सबैले सावधानीका उपाएहरुको अनिवार्य प्रयोग गर्नैपर्ने ।
११. मेट्राे तथा कर्वा बस बढीमा ३० प्रतिशत यात्रु क्षमताले मात्र चल्ने । शुक्रवार र शनिवार भने २० प्रतिशत यात्रु क्षमताले मात्र चल्ने । खानेकुरा र पेय पदार्थहरु खान नपाईने ।
१२. अर्को सूचना नभएसम्म कतारका सबै ड्राईभिङ स्कूलहरू बन्द रहने ।
१३. २०% भन्दा बढी क्षमता नराख्ने गरी सिनेमाघर र थिएटरहरूको कार्यलाई निरन्तरता दिने र १८ बर्ष भन्दा कम उमेरका व्यक्तिहरूलाई प्रवेशको अनुमति नदिने । जनस्वास्थ्य मन्त्रालयको स्वीकृति लिई बाहेक नाटकीय प्रदर्शनहरूको आयोजना गर्न नपाईने ।
१४. निजी शैक्षिक केन्द्रहरू र प्रशिक्षण केन्द्रहरू ले अनलाइन सेवाहरू मात्र दिन पाउने ।
१५ . रेस्टुरेन्ट र क्याफेहरूले आफ्नो क्षमता अनुसारको भित्री स्थानमा १५ प्रतिशत र बाहिरी क्षेत्रमा ३० प्रतिशत भन्दा बढी ग्राहकलाई सेवा दिन नपाईने तर क्लिन कतारका इस्टिकरहुनेले ५० प्रतिशत सम्म सन्चालन गर्न पाउने ।
१६. होलसेल मार्केट शपिङ मल ३० प्रतिशतले खोल्न पाउने । १२ बर्षका बाल बालिका लाई भने प्रवेश गर्न नपाइने ।
१७. अर्को सुचना नआए सम्म जिमहरू र शारीरिक प्रशिक्षण क्लबहरू बन्द गर्ने
१८. सैलुन बियुटी पार्लरहरु ३० प्रतिशतले खोल्न पाउने ।
१९. अर्को सुचना नआए सम्म स्विमिङ पुल बन्द गरिने । अर्को सूचना नभएसम्म मनोरंजन पार्क र सबै मनोरञ्जन केन्द्रहरू हरु पनि बन्द गर्ने ।
२०. निजी स्वास्थ्य सेवा केन्द्रहरुले ७० % लाई मात्र सेवाहरु दिने ।
२१. सफाई र आतिथ्य कम्पनीहरूले प्रदान गरेको सेवाहरूको सञ्चालन क्षमता घटाउने ।  मागको ३०% मात्रले काम गर्ने । एकदिनमा एक व्यक्तिद्वारा मात्र एक घरमा सेवा गर्न सक्ने ।
२२. स्वास्थ्य आवश्यकता, कार्यविधि र निर्धारित सावधानीका उपायहरूको प्रयोग गरे नगरेको सुनिश्चित गर्नका लागि आन्तरिक मन्त्रालय, जनस्वास्थ्य मन्त्रालय, व्यापार र उद्योग मन्त्रालय र अन्य सरकारी एजेन्सीहरूले यस क्षेत्रमा आवश्यक कदम चाल्न सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button