कतारमा कोरोना : थप ६३९ जनामा संक्रमण, सावधानी नअपनाउने ५६६ लाई कारबाही

आज मार्च २८ तारिख आइतवार कतारमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार ८२५ जनाको नमुना परीक्षण गर्दा ६३९ जनामा संक्रमण पुष्टि भएको छ भने ३५५ जना निको भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज भाइरस देखिएका मध्ये ५३९ जना स्थानीय र १०० जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७७,७७४ पुगेको छ ।
हिजो दुईको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २८४ पुगेको छ भने हालसम्म कतारमा निको हुनेको संख्या १,६२९१० रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत साउथ अफ्रीका बाट सुरुभएको नयाँ दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरु बताएका छन् । त्यसैले कतार सरकारले शुक्रवारबाट लागुहुने गरी प्रतिवन्ध थपेको छ ।
कस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक ?
अस्पताल भर्ना हुने – २०० जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या – १,३९३ जना
आईसीयुमा भर्ना हुने – २९ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या – २७९ जना
आज सम्म जाँच भएको संख्या – १७,१२,९३२ जना
अझै निको हुन बाँकीको संख्या : १४,५८० जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै हो ।
आज खोप लगाइएको सँख्या : १९,०७३
हालसम्म खोप लगाइएको कुल सँख्या : ७४,०३०९
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
सावधानी नअपनाउने ५६६ जना लाई कारबाही
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ५०७ जनालाई कारबाही गरेको छ । त्यस्तै ८ जना एह्तेरज एप नगर्ने र बाँकी ५१ सामाजिक दूरीकायम नगरेको भनेर कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।