हिजो देखी वक्रामा खुल्यो दोस्रो ड्राइभ थ्रु केन्द्र

जनस्वास्थ्य मन्त्रालय (MOPH) ले हिजो मार्च २८ तारिख आइतवार देखी अल वक्रामा नयाँ ड्राइभ थ्रु केन्द्र संचालनमा ल्याएको छ ।  अल-वक्रामा खोप केन्द्र मार्फत राष्ट्रिय कोभिड १९ खोप कार्यक्रमलाई सफल ,अझ सुदृढ र यस् क्षेत्रका आसपासमा बस्ने मानिसहरूलाई खोप लगाउन थप प्रोत्साहित मिलोस भन्नका लागि नयाँ ड्राइभ थ्रु केन्द्र खोलीएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हप्ताको सातै दिन बिहान ११ बजेदेखि राती १० बजे सम्म वक्रा ड्राइभ थ्रु सेन्टर बाट दोस्रो डोजको खोप लगाउन सकिन्छ ।  तर याद रहोस् राती १० बजेका लागि भने तपाईंले राती ९ बजे भित्र नै प्रवेश गरी गरीसकेको हुनुपर्नेछ ।

लुसैल जस्तै वक्रामा रहेको ड्राइभ थ्रु केन्द्रमा लगाइने कोरोना भाइरस विरुद्धको दोस्रो डोजको खोपका लागि अब आफ्नै गाडी बाहेक ट्याक्सीमा सवार भएर पनि खोप लगाउन सकिनेछ ।

कुन बेला व्यस्त रहन्छ ड्राइभ थ्रु केन्द्र  ?
प्राय : बिहान ११ बजे देखी दिउँसो १ बजेको बीचमा केन्द्र व्यस्त रहने गर्दछ । तपाईं खोप लगाउन जादै हुनुहुन्छ भने दिउँसो २ बजे देखी बेलुकी ७ बजे सम्मको समय उपयुक्त हुन सक्छ ।

के के चाहिन्छ ? 

  • कतारी आईडी
  • हेल्थ कार्ड
  • भ्याक्सिनेसन् कार्ड (जुन तपाईंलाई पहिलो डोजमा दिएको थियो )
  • एह्तराज एप (हरियो कोड हुनुपर्ने )
  • मास्क लगाएको हुनुपर्ने
  • गाडीमा सवार

के अपोइन्टमेन्ट चाहिन्छ ?
दोस्रो डोजका लागि अपोइन्टमेन्ट चहिन्दैन । तर फाइजर खोपको पहिलो डोज लगाएको २१ दिन र यदी तपाईंले मोडेर्ना खोप लगाउनु भएको छ भने २८ दिन पछी मात्र दोस्रो डोज लगाउन पाउनुहुनेछ । 

एकै गाडीमा साथी वा परिवारलाई नि लैजान सकिन्छ ?
एकै दिन आफ्नो साथी वा परिवारको पनि खोप लगाउने दिन परेको छ भने सकिन्छ ।  तर याद रहोस् एक गाडीमा,  गाडी चालक समेत जोडेर बढीमा ४ जना भन्दा सवार गर्न पाइने छैन ।

कहाँ छ यो केन्द्र ?
अल वक्रा स्थित अल जनाउब रंगशालाको पछाडि ।

लिँक
‪https://goo.gl/maps/jzy8wHciWbBLQG4d6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button