कतारले आज १३ बुँदे मागको लिखित जवाफ बुझायो

साउदी अरेबिया प्रमुख लगायतका छिमेकी राष्ट्रहरुले कतार समक्ष प्रस्तुत गरेको १३ बुँदे मागको जवाफ आज कतारले केहीबेर अगाडी कुवेतको अमिरलाई बुझाएको छ।
कतार न्युज एजेन्सीको अनुसार आज विदेश मन्त्री शेख मोहम्मदले कुवेतको अमिर शेख सबाह अल अह्मद जबेर अल अह्मदलाई कुवेतमा भेटेर लिखित जवाफ दिने कार्यक्रम रहेको थियो।कतारको एचएच अमिर शेख तमिम बिन हमद अल थानीबाट लेखिएको जवाफ कुवेतको हातमा सुम्पिएको हो।

छिमेकी देशहरुले दिएको १० दिने म्याद हिजो सकिएको छ।तर कुवेतको आग्रहमा ४८ घन्टा थप गरिएको थियो।
छिमेकी राष्ट्हरुले सम्बन्ध विच्छेद गर्दै कतारलाई नाकाबन्दी लगाएयता कुवेतले मध्यस्तकर्ताको प्रमुख भुमिका निर्वाह गर्दै आईरहेको छ।साथै विकसित समस्याको बारेमा छलफल गर्न साउदी,कतार,युएई,बहराइन,इजिप्ट राष्ट्रहरुका विदेश मन्त्रीहरु बिच इजिप्टको राजधानी कायरोमा जुलाई ५ तारिख भेटवार्ता हुँदैछ।