नेपाल बन्यो थ्री नेसन्स कप च्याम्पियन
नेपाल थ्री नेसन्स कपको च्याम्पियन बनेको छ । आज (सोमबार) भएको फाइनल खेलमा बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको हो । नेपालको जितमा सन्जोक राई र विशाल राईले गोल गरे । बंगलादेशका महाबुबुर रहमानले एक गोल फर्काए । खेलको १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए ।
सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । राष्ट्रिय टोलीबाट सन्जोकले डेब्यु गोल गरेका हुन् । उनी यसै नेसन्स कपमा राष्ट्रिय टोलीमा परेका थिए । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । ८३औं मिनेटमा सब्सिच्युट महाबुबुर रहमानले कर्नरबाट आएको बललाई हेडर गोल गर्दै खेललाई २–१ ले स्थितिमा ल्याए । बाँकी समयमा थप गोल हुन सकेन र नेपाल विजयी भयो । यस्तै बिराज महर्जनले आफ्नो अन्तिम खेल खेलेका छन् । ८९औं मिनेटमा त्रिदेव गुरुङको स्थानमा बिराज ले मैदान प्रवेश गर्दै आफ्नो अन्तिम खेल खेलेका हुन् । उनले निर्धारित समयको एक र इन्ज्युरी समयको थप गरिएको अन्तिम ६ मिनेट नेपाली टोलीको कप्तानी गरे ।
नेपालले सन् १९८४ पछि घरेलु मैदानमा पहिलो उपाधि जितेको हो । त्यतिबेला दक्षिण एसियाली खेलकुद महासंघ (साग) मा बंगलादेशलाई हराएको थियो