कतारमा कोरोना : थप ६९० जनामा संक्रमण, ३६२ लाई निको, थप दुईको मृत्यु

आज मार्च २९ तारिख सोमवार कतारमा थप ६९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ७०३ जनाको नमुना परीक्षण गर्दा ६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३६२ जना निको भएका छन् त्यस्तै आज थप दुई ३५ र ५९ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ५८१ जना स्थानीय र १०९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७८,४६४ पुगेको छ ।
आज दुईको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २८६ पुगेको छ भने हालसम्म कतारमा निको हुनेको संख्या १,६३,२७२ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत साउथ अफ्रीका बाट सुरुभएको नयाँ दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरु बताएका छन् । त्यसैले कतार सरकारले शुक्रवारबाट लागुहुने गरी प्रतिवन्ध थपेको छ ।
यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक ?
अस्पताल भर्ना हुने : २३८ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,५५८ जना
आईसीयुमा भर्ना हुने : २८ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३०२ जना
आज सम्म जाँच भएको संख्या : १७,१९,८९९ जना
अझै निको हुन बाँकीको संख्या : १४,९०६ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै हो ।
आज खोप लगाइएको सँख्या : २४८०१
हालसम्म खोप लगाइएको कुल सँख्या : ७६,५११०
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
सावधानी नअपनाउने ४६४ जना लाई कारबाही
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप ४५६ जनालाई कारबाही गरेको छ । त्यस्तै ८ जना गाडीमा बढीसवार गर्ने लाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
पक्राउ पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।