महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा एमालेको सुरुवाती अग्रता

जनकपुरधाम,मंसिर १६-
महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा भएको उपनिर्वाचनमा वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएको छ । तीन सय मत गणना गर्दा नेकपा एमालेका सकिवुल खाले १३२ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका आरतीदेवी यादव ९७ र नेपाली कांग्रेसका मोहम्मद जनिफ खाले ४८ मत पाएका हुन् ।
उपनिर्वाचनमा कुल मतदातामध्ये १ हजार ५१४ (७०.७१) मत खसेको हो । वडाध्यक्ष मुकेश यादवको दुर्घटनामा मृत्यू भएपछि सो पदपूर्तिका लागि यस वडामा उपनिर्वाचन भएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो