अब ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले खोप लगाउन पाउने

जनस्वास्थ्य मन्त्रालयले कोभिड -१९ बिरूद्ध लगाइने खोपको योग्यताका लागि उमेर सीमा कम गरेको छ । दोर्स्रो चरणको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत अब ४० बर्ष भन्दा बढी उमेर भएकाहरुले सजिलै सँग खोप लगाउन सक्ने भएका हुन ।
यस अघि उमेरको हदबन्दी ५० बर्ष र सो भन्दा माथिका लाई थियो ।
हाल, फाइजर भ्याक्सिन १६ बर्ष र सो भन्दा माथिका व्यक्तिलाई र मोडेर्ना भ्याक्सिन १८ बर्ष वा सो भन्दा माथिका व्यक्तिलाई लगाइने छ ।
खोप लगाउनको लागि मन्त्रालयको वेबसाइट मार्फत आफ्नो नाम दर्ता गराउनु पर्नेछ । अहिले खोप लगाउने प्राथमिकताको सुचिमा आफु नपरेपनि नाम दर्ता गर्न सकिने र पालो आएपछि मन्त्रालयले स्वास्थ्य केन्द्र र मिती तोकेर एसएमएस मार्फत खोप लगाउन बोलाउनेछ ।
अहिले अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,सम्पूर्ण कतारी नागरिक र ४० वर्ष देखि माथिका आप्रवासी नागरिकलाई खोप लगाउने काम भैरहेको छ । मन्त्रालय अनुसार डिसेम्बर २३ देखि ३० मार्चसम्म ७,९०,६७६ डोज खोप लगाई सकिएको छ । खोप सबैलाई निशुल्क रहने छ तर अनिवार्य म्याद नसकिएको हेल्थ कार्ड भने आवश्यक पर्दछ ।
खोपका लागि नियुक्ति बिना QNCC नजानुहोस् : स्वास्थ्य मन्त्रालय
जनस्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति मार्फत क्यूएनसीसीमा नियुक्ति/अपोइन्टमेन्ट बिनानै धेरै मान्छेहरुले भीडभाड गरेको र सामाजिक दूरीको ख्याल पनि नगरेको भन्दै अब देखिन आमन्त्रित व्यक्तिलाई मात्र खोप लगाइदिने बताएको छ ।
आज बुधवार जनस्वास्थ्य मन्त्रालयले उक्त कुरा आफ्नो आधिकारिक ट्वीटर मार्फत ट्वीट गर्दै बताएको हो ।
सोसल मिडियामा पोष्ट गरिएको विज्ञप्तिमा क्युएनसीसीले पैदल-प्रवेश स्वीकार गरिने छैन भनेर पनि दोहोर्याएको छ । यो आमन्त्रित खोप केन्द्र हो र सबै सहभागीहरूले प्रवेश गर्दा अनिवार्य आमन्त्रित एसएमएस देखाउनुपर्नेछ भनेर उक्त पोस्टमा भनिएको छ ।
१. राष्ट्रिय प्रमाणीकरण प्रणाली (नास) मा आफ्नो खाता खोल्नुहोस । नयाँ खाता खोल्न यहाँ थिच्नुहोस् । पहिलेनै खाता हुनेहरुले यहाँ थिच्नुहोस् ।
त्यसपछि आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस ।
अब तपाईंले खोपका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
२. आफ्नो रोजगारको पद छान्नुहोस ।
३. आफ्नो हेल्थ कार्डको नम्बर हाल्नुहोस ।
४. खोप लगाउन इच्छुक छु भन्ने बक्समा ठिक लगाउनुहोस ।
कोभिड १९ बिरूद्ध राष्ट्रिय खोपका चरणहरु
पहिलो चरण (डिसेम्बर ९,२०२० देखि ३१ मार्च २०२१ सम्म)
- कोभिड-१९ विरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा सरसफाई कर्मचारी ।
- प्रमुख कर्मचारी र पहिलो प्रतिक्रियाका कर्मचारी (एम्बुलेन्स टीम, गृह मन्त्रालय, रक्षा मन्त्रालय, तेल र ग्यास क्षेत्र, हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट र कतार एयरवेज)
- ७० वर्ष भन्दा माथिका दीर्घकालीन हेरचाहका बिरामी र घर हेरचाहमा रहेका व्यक्तिहरु ।
- भाइरस बाट जोखिम भएका दीर्घकालीन रोग भएका वयस्कहरु ।
- ५० देखि ६९ उमेर समुहका सबै मानिसहरु ।
- अन्य स्वास्थ्यकर्मी,आवश्यक कर्मचारी र ५० प्रतिशत शिक्षा क्षेत्रका कर्मचारी ।
हालै मात्र लागु भएको दोस्रो चरण (अप्रिल १ देखि जून ३०, २०२१ सम्म)
- पहिलो चरणमा समावेश नभएका स्वास्थ्यकर्मीहरु । भाइरस बाट बढी जोखिम भएका मन्त्रालय तथा उद्योगका अत्यावश्यक कामदारहरू ।
- खाना, हाउसकीपिंग, यातायात, ट्याक्सी ड्राइभर र सैलुन क्षेत्रका कामदारहरू । बाँकी शिक्षा क्षेत्रका कर्मचारी ।
- पहिलो चरणमा समावेश नभएका विभिन्न रोग भएका व्यक्तिहरू ।
- ४० वर्ष भन्दा माथिका व्यक्तिहरु ।
तेस्रो चरण (जुन १ देखि जुलाई ३१, २०२१ सम्म)
- युवा तथा बालबालिका ( बालबालिकाको हकमा खोप प्रयोगका लागि अनुमति आएपछि )
- पहिलो र दोस्रो चरणमा समावेश नभएका उद्योगमा काम गर्ने कामदारहरु ।
चौथो चरण (अगस्ट १ देखि अक्टोबर ३१, २०२१ सम्म)
पहिलो,दोस्रो र तेस्रो चरणमा खोप लगाउन नपाएका वा छुटेका व्यक्तिहरु ।