कतारमा कोरोना : बढ्दो छ संक्रमण, आज ७८० जना नयाँ संक्रमित थपिए

कतारमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । फेरी दैनिक ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।
आज मार्च ३१ तारिख बुधवार कतारमा थप ७८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा १३ हजार ५८९ जनाको नमुना परीक्षण गर्दा ७८० जनामा संक्रमण पुष्टि भएको छ भने ४३७ जना निको भएका छन् त्यस्तै आज थप दुई ४९ र ६२ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ६६२ जना स्थानीय र ११८ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,७९,९६४ पुगेको छ ।
आज दुईको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २९१ पुगेको छ भने हालसम्म कतारमा निको हुनेको संख्या १,६४,१२१ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत साउथ अफ्रीका बाट सुरुभएको नयाँ दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरु बताएका छन् । त्यसैले कतार सरकारले गएको शुक्रवारबाट लागुहुने गरी प्रतिवन्ध थपेको थियो ।
यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक ?
अस्पताल भर्ना हुने : २३९ जना
अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,६६८ जना
आईसीयुमा भर्ना हुने : ५१ जना
आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३३८ जना
आज सम्म जाँच भएको संख्या : १७,३४,६०१ जना
अझै निको हुन बाँकीको संख्या : १५,५५२ जना पछील्लो समयलाई हेर्दा यो संख्या धेरै हो ।
आज खोप लगाइएको सँख्या : २५,८०८
हालसम्म खोप लगाइएको कुल सँख्या : ८१,६४८४
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
अब ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले खोप लगाउन पाउने