तेलको भाउ बढ्यो

अप्रिल महिनामा तेलको भाउ बढेको छ । भोलि १ तारिख बिहिबार देखि लागू हुनेगरि प्रिमियम ,सुपर पेट्रोलको र डिजलको भाउमा २० र १० दिरहामले वृद्धि हुन लागेको कतार पेट्रोलियमले जनाएको छ ।
जारी नयाँ भाउ सँगै अब सुपर पेट्रोल १.८५, प्रीमियम पेट्रोल १.८० र डिजल १.७० रियाल प्रतिलिटर पर्नेछ।
सन् २०१६ को मे महिना देखि विश्व बजारको प्रतिकृया अनुशार कतारमा तेलको भाउ घटबढ हुने सरकारले निर्णय गरेको थियो । त्यसका लागी हरेक महिना सरकारी प्रतिनिधिहरुबाट समिती गठन गरी कतारमा तेलको भाउको समिक्षा गर्ने गरिन्छ ।