उकालो लाग्यो कोरोना आज ८४० नयाँ संक्रमित, थप ४ जनाको मृत्यु

कतारमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेको छ । फेरी दैनिक जसो ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् ।
आज अप्रिल १ तारिख बिहीवार कतारमा थप ८४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आजको यो तथ्यांक २०२१ कै उच्च हो ।
देशभरका प्रयोगशालामा १४ हजार २३३ जनाको नमुना परीक्षण गर्दा ८४० जनामा संक्रमण पुष्टि भएको छ भने ४२३ जना निको भएका छन् त्यस्तै एकै दिन चार ३४, ३६, ४४ र ८१ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ७४६ जना स्थानीय र ९४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८०,८०४ पुगेको छ ।
आज चारको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या २९५ पुगेको छ भने हालसम्म कतारमा निको हुनेको संख्या १,६४, ५४४ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत साउथ अफ्रीका बाट सुरुभएको नयाँ दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरु बताएका छन् । त्यसैले कतार सरकारले गएको शुक्रवारबाट लागुहुने गरी प्रतिवन्ध थपेको थियो ।
२४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ ?
अस्पताल भर्ना हुने : १९८ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,७२३ जना
आईसीयुमा भर्ना हुने : ५० जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३५८ जना
आज सम्म जाँच भएको संख्या : १७,४१६३१ जना
अझै १५,९६५ निको हुन बाँकी रहेको छ ।
आज खोप लगाइएको सँख्या : २५,५१६
हालसम्म खोप लगाइएको कुल सँख्या : ८४,२०००
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।
यो पनि पढौं
कतारमा मैले कोभिड-१९ को खोप कहिले लाउन पाउँछु ?
अब ४० वर्ष भन्दा माथिका व्यक्तिहरुले खोप लगाउन पाउने