काउन्टरबाट यसरी किन्न सकिन्छ विश्वकपको टिकट

काउन्टरबाट टिकट खरिद गर्न खोज्नेहरूका लागि र टिकट सम्बन्धि समस्याको सहायता दिन दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर हिजो देखि खुला गरिएको छ ।
सेन्टरबाट फिफा विश्वकप खेलको उपलब्ध भएको टिकट सिधै खरिद गर्न सकिनेछ । टिकट खरिद गर्न म्याद भएको आईडी अथवा पासपोर्ट र ईमेल ठेगाना पेश गर्नुपर्नेछ ।
सेन्टरबाट टिकट सम्बन्धि कुनै समस्या भए त्यसको समाधान दिइनेछ । साथै टिकटको लागि डाउनलाेड गर्नुपर्ने छुट्टै एप बारे समस्या भए पनि समाधान दिइने सेन्टरले बताएको छ ।

भिसा कार्ड बाट मात्रै टिकटको भुक्तानी गर्न सकिनेछ । हिजो साँझ सम्म केही सिमित खेलको क्याटागोरी १(८०० रियाल) र २ (६०० रियाल) को मात्र टिकट उपलब्ध रहेको छ ।
सिटी सेन्टर नजिकै रहेको यस काउन्टर शनिबारदेखि बिहिवारसम्म बिहान १० देखि बेलुका १० बजे सम्म र शुक्रबार दिउँसो २ देखि राति १० बजे सम्म खुल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
50
मनपर्यो
106
खुसी लाग्यो
10
दुःख लाग्यो
9
रुन मन लाग्यो
9
हाँसो लाग्यो
38
रीस उठ्यो