दोस्रो चरणको निर्वाचन मिति-जेठ ३१ गते, पहिलो बैशाख ३१ तीन प्रदेशमा मात्र

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गर्ने निर्णय गरेको छ। प्रदेश १,२, ५ र ७ मा जेठ ३१ मा निर्वाचन  हुनेछ। सूचना तथा संचारमन्त्री राम कार्कीले दोस्रो चरणको निर्वाचन जेठ ३१ गते गर्ने निर्णय भएको बताए। सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै स्थानीय निर्वाचनमा मन्त्रीपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।

सरकार र मधेसी मोर्चाको सहमति अनुसार पूर्व घोषित वैशाख ३१ गते तीनवटा प्रदेशमा चुनाव हुनेछ। जसमा प्रदेश ३, ४ र ६ रहेका छन्। असन्तुष्ट दलहरुको संगठनात्मक संरचना कमजोर र संगठन नै नभएका स्थानमा वैशाख ३१ मा नै चुनाव गर्ने सहमति भएको हो। अन्य चार प्रदेशमा जेठ ३१ मा निर्वाचन हुनेछ। जसमा प्रदेश १, २, ५ र ७ रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button