परराष्ट्रमन्त्री राणा हेग प्रस्थान

काठमाडौं, मंसिर २२-
परराष्ट्रमन्त्री आरजु राणा देउवा नेदरल्याण्ड्स प्रस्थान गरेकी छन्।
शनिबार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट परराष्ट्रमन्त्री राणा नेदरल्याण्ड्सको हेग प्रस्थान गरेकी हुन्।
उनले इन्टरनेशनल कोर्ट अफ जस्टिस ९आइसिजे० को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन्। नेदरल्याण्ड्सको हेगमा रहेको उक्त अन्तर्राष्ट्रिय न्यायलयमा गत सोमबार (डिसेम्बर २) देखि सुनुवाइ जारी छ।
जलवायु परिवर्तनमा राज्यको भुमिका के हुने भन्ने विषयमा विश्वका सय देश र १२ विभिन्न अन्तर्राष्ट्रिय निकायले सुनुवाइमा भाग लिँदैछन्।
परराष्ट्रमन्त्री देउवाले डिसेम्बर ९ अर्थात सोमबार दिनको साढे ३ देखि ४ बजे (हेगको समय) सम्म अदालतसमक्ष नेपालको मौखिक धारणा राख्नेछिन्।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो