कतार बाहिर कोरोनाभाइरसको खोप लगाएका व्यक्ति होटेल क्वारेन्टाइनमा बस्ननपर्ने

कतार बाहिर कोभिड-१९ भाइरसको खोप लगाएका व्यक्तिले केहि मापदण्ड पूरा गरे होटल क्वारेन्टाइनबाट छुट दिइने कतारको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कतारको स्वास्थ्य मन्त्रालयले तोकेको खोप :
•फाइजर / बायोनटेक भ्याक्सिन
•मोडर्ना खोप
•आस्ट्राजेनेका खोप
•जोनसन एन्ड जोनसन खोप
पूरा गर्नुपर्ने मापदण्डहरु :
१. जोनसन खोपको पहिलो डाेज लगाएको हुनुपर्ने,त्यसबाहेक अन्य खोपको दुई डाेज लगाएको हुनुपर्ने ।
२. जोनसन खोपको पहिलो डाेज लगाएको १४ दिन पुग्नुपर्ने । त्यसबाहेक अन्य खोप भए दुई डाेज लगाएको १४ दिन हुनुपर्ने ।
३. खोपको आधिकारिक प्रमाणपत्र वा निम्न जानकारी भएको खोप कार्ड प्रस्तुत गर्नुपर्दछ:
•आधिकारिक कागजातहरूमा उल्लेख गरिए अनुसार व्यक्तिको नाम ।
•पूरा खोप लगाएको मिति।
•खोपको नाम र सिरियल नम्बर ।
४. कतार प्रवेश गर्नुअघी ७२ घण्टा भित्र गरिएको नेगेटिभ पिसिआर जाँच ।
५. एह्तेराज एपमा हरियो रङ्ग हुनुपर्ने ।
६. खोप लगाएको मिति १४ दिन कटेको नभए १४ दिन पुग्नेगरी होटेल क्वारेन्टाइन बस्नुपर्ने ।