कोरोनाभाइरस : कतारमा थप प्रतिवन्ध लाग्यो

बिगत केही दिन यता देखि संक्रमितको संख्या सगै मृत्युदर पनि उल्लेखनीय वृद्धि भैरहेका कारण कतारमा कोरोनाभाइरसको दोस्रो लहर आउन नदिन बुधवार बसेको मन्त्रीपरिषदको निर्णय बमोजिम विभिन्न क्षेत्रमा थप प्रतिवन्ध लागू भएको छ ।
यी नयाँ निर्णय शुक्रवार, अप्रिल ९, २०२१ देखि अर्को सूचना नभएसम्म लागू हुनेछन् ।
यस्ता छन् आजका निर्णयहरु :
१. कामको चाप अनुसार बढीमा सरकारी तथा निजि क्षेत्रको कार्यलयमा ५० प्रतिशत कामदारले मात्र काम गर्न पाउने, बाँकिले घर बाट काम गर्नुपर्ने ।
२. सरकारी र निजी क्षेत्रका कर्मचारी र कामदारहरूको लागि अनलाइन मीटिङ नभए ५ जना भन्दा बढी बैठकहरूमा भाग लिन नपाउने ।
३. सबै नागरिकहरूले कुनै पनि कारणले घर छोड्दा अनिवार्य मास्क लगाउन लगाउनुपर्ने, गाडीमा एकल भएको अवस्थामा भने नलगाउदा पनि हुने ।
४. सबै नागरिकहरू र बासिन्दाहरूले कुनै पनि कारणले घर छोड्दा स्मार्टफोनमा अनिवार्य एह्तेराज एप ‘EHTERAZ’ सक्रिय अवस्थामा राख्नु पर्ने ।
५. दैनिक प्रार्थना र शुक्रवारको प्रार्थनाका लागि १२ वर्ष भन्दा माथिकालाई मस्जिद खोल्ने क्रम जारी रहने, तर शौचालय र वुद्ध सुविधा बन्द राख्नुपर्ने ।
६. खुला स्थानहरुमा बढीमा खोप लगाइसकेका ५ जना व्यक्ति सम्म भेला हुन भने पाउने ।
७. अर्को सूचना नभएसम्म बन्द र खुला ठाउँहरूमा विवाहहरू गर्न नपाइने ।
८. पार्क, समुन्द्री किनारा, कर्नेश लगायतका स्थानमा भेला वा जमघट हुन नपाउने । व्यक्तिगत कार्य जस्तै हिड्न, जग्गिंग र साईकल चलाऊन भने पाइने ।
९. चालक समेत गरेर परिवार भएपनी निजि सवारीमा ४ जना भन्दा बढीले यात्रा गर्न नपाउने ।
१०. बस तथा भ्यानको आधा क्षमता अनुसार मात्र कामदार बोक्न पाउने । तर सबैले सावधानीका उपाएहरुको अनिवार्य प्रयोग गर्नैपर्ने ।
११. मेट्राे तथा कर्वा बस बढीमा २० प्रतिशत यात्रु क्षमताले मात्र चल्ने । शुक्रवार र शनिवार भने सेेवा बन्द हुुुने ।
१२. अर्को सूचना नभएसम्म कतारका सबै ड्राईभिङ स्कूलहरू बन्द रहने ।
१३. सिनेमाघर र थिएटरहरूको बन्द हुुुुने ।
१४. निजी शैक्षिक केन्द्रहरू र प्रशिक्षण केन्द्रहरूले अनलाइन सेवाहरू मात्र दिन पाउने ।
१५ . रेस्टुरेन्ट र क्याफेहरू बन्द रहने । टेक अवे र डेलिभरी सेवा भने चलाउन पाउने ।
१६. होलसेल मार्केट, शपिङ मल ३० प्रतिशतले खोल्न पाउने तर १६ बर्षका बाल बालिका लाई भने प्रवेश गर्न नपाइने ।
१७. अर्को सुचना नआए सम्म जिमहरू र शारीरिक प्रशिक्षण क्लबहरू बन्द गर्ने ।
१८. सैलुन बियुटी पार्लरहरु बन्द गर्नुुपर्ने ।
१९. अर्को सुचना नआए सम्म स्विमिङ पुल बन्द गरिने । अर्को सूचना नभएसम्म मनोरंजन पार्क र सबै मनोरञ्जन केन्द्रहरू हरु पनि बन्द गर्ने ।
२०. निजी स्वास्थ्य सेवा केन्द्रहरुले आपतकालीन सेवा मात्र दिन पाउने ।
२१. सफाई र आतिथ्य कम्पनीहरूले प्रदान गरेको सेवाहरूको सञ्चालन क्षमता घटाउने । मागको ३०% मात्रले काम गर्ने । एकदिनमा एक व्यक्तिद्वारा मात्र एक घरमा सेवा गर्न सक्ने ।
२२. स्वास्थ्य आवश्यकता, कार्यविधि र निर्धारित सावधानीका उपायहरूको प्रयोग गरे नगरेको सुनिश्चित गर्नका लागि आन्तरिक मन्त्रालय, जनस्वास्थ्य मन्त्रालय, व्यापार र उद्योग मन्त्रालय र अन्य सरकारी एजेन्सीहरूले यस क्षेत्रमा आवश्यक कदम चाल्न सक्नेछन् ।