थपिए ९७३ संक्रमित, ५५९ संक्रमणमुक्त, अझै बीस हजार भन्दा बढीलाई निको हुन बाँकी

गत चौबिस घण्टामा देशभर थप ९७३ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९०,९९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १४,४९३ जनालाई गरिएको परिक्षणमा आज ९७३ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ७४० जना स्थानीय र २३३ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।

त्यस्तै आज ५५९ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७०,१९४ रहेको छ ।

कतारमा आज कोरोनाका कारण थप दुई ४३ र ७० बर्षिय नागरिकको मृत्‍यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।

पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ  ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।

त्यसैले कतार सरकारले  शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको छ ।

कहाँ कहाँ लाग्यो प्रतिवन्ध ? 

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

  • अस्पताल भर्ना हुने : २४० जना
    हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,७१३ जना
  • आईसीयुमा भर्ना हुने : ४३ जना
    हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४७३ जना
  • आज स्वाब जाँच गरिएको संख्या – १४,४९३ जना  (६,२७४ जना नयाँ मान्छेको स्वाब जाँच)
    आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,०८,७३६ जना
  • निको हुनेको संख्या – ५५९ जना
    आज सम्म निको हुनेको संख्या – १७,०१९४ जना
  • निको हुन बाँकीको संख्या – २०,४६९ (सक्रिय संक्रमित)
  • आज मृत्‍युहुनेको संख्या – २
    आज सम्म मृत्यु हुनेको संख्या – ३३५
  • आज खोप लगाइएको संख्या  – २४,९५०
    आज सम्म खोप लगाइएको संख्या – १९०९९८

सावधानी नअपनाउने ३६९ कारबाहीमा परे

आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप २१६ जनालाई कारबाही गरेको छ । सवारीमा चार जना भन्दा बढी बस्ने तर्फ भने आज १३ जना कारबाहीमा परेका छन् भने दुई जना एह्तेराज एप प्रयोग नगर्नेलाई कारबाही गरिएको मन्त्रालयले बताएको छ ।

त्यस्तै सामाजिक दूरी कायम नगर्ने १३८ जना पनि कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।

संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं ​​१७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।

कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button