‘पूर्ण बहादुरको सारङ्गी’ले इतिहास कोर्ने भन्दै ‘मिसिङ केटी हराएको सूचना’को प्रदर्शन स्थगन

काठमाडौं,कात्तिक २३-

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन मिति स्थगन भएको छ । कात्तिक ३० गते प्रदर्शन हुने भनिएको चलचित्र अर्को मिति तय नभएसम्मका लागि स्थगन भएको हो । प्रदर्शनरत चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ इतिहास कोर्ने बाटोमा रहेको भन्दै ‘मिसिङः केटी हराएको सूचना’ले प्रदर्शन मिति पछि सारेको हो ।

इतिहास निर्माण गर्ने बाटोमा रहेको चलचित्रलाई सहयोग गर्न आवश्यक रहेको निर्माणपक्षले जनाएको छ । अहिले ‘पूर्ण बहादुरको सारङ्गी’को शो बाँडफाँट हेर्दा उसलाई सहयोग गर्न आवश्यक रहेको ‘मिसिङः केटी हराएको सूचना’को निर्माणपक्षले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

‘मिसिङः केटी हराएको सूचना’ दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको चलचित्र हो । यसमा सृष्टि श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा छन् । ‘मिसिङः केटी हराएको सूचना’ कहिले प्रदर्शन गर्ने निर्णय गरेर सार्वजनिक गरिने निर्माणपक्षले जनाएको छ ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button