सनैयामा पनि खुल्यो ‘कोभिड-१९ विरुद्धको खोप केन्द्र’

कतारको औद्योगिक क्षेत्र सनैयामा कोभिड-१९ विरुद्धको खोप केन्द्र खुलेको छ । पुरानो मेडिकल कमिसन केन्द्रमा खुलेको खोप केन्द्र स्वास्थ्य मन्त्रालय, हमाद मेडिकल र कतार च्यारिटीको सहयोगमा सोमवार देखि सन्चालनमा आएको हो ।
खोप केन्द्र शुक्रबार बाहेक अन्य दिन बिहान ७ देखि बेलुकी ७ बजे सम्म खुल्नेछ । हालको लागि सो क्षेत्र वरपरका ४० बर्ष भन्दा माथिका र दीर्घकालीन रोग भएका व्यक्तिका लागि एपोइन्टमेन्टका आधारमा मात्र खोप लगाइने केन्द्रले बताएको छ । एपोइन्टमेन्ट बाट बोलाइएका व्यक्ति बाहेक अन्यलाई खोप नलगाइने केन्द्रले स्पष्ट पारेको छ ।
खोप लगाउनका लागि म्याद भएको कतारी आईडी , हेल्थ कार्ड र राहदानी मध्ये कुनै एक हुनुपर्नेछ । खोप लगाउनका लागि जम्मा ३० मिनेटको समय लाग्नेछ । एह्तेराज एपमा हारियो कोडहुने लाई मात्र प्रवेश दिईने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यसअघि हालसालै मात्र खोपका लागि कतार नेशनल कन्भेसन सेन्टर र लुसेल र अल वक्रामा ड्राईभ थ्रु सेन्टर खुलेको थियो ।
रमदानमा खोप केन्द्रहरुको समय परिवर्तन
जनस्वास्थ्य मन्त्रालय (MOPH) ले हिजो अप्रिल १३ तारिख मंगलवार बाट लागुहुने गरी क्युएनसीसी र दुई ड्राईभ थ्रु सेन्टर लुसेल अनी अल वक्राको समय परिवर्तन गरेको छ ।
(QNCC) क्युएनसीसी अब हप्ताको सातै दिन बिहान ९ बजे देखी राती १ बजे सम्म खुल्ने छ भने हप्ताको सातै दिन बिहान ११ बजेदेखि राती १० बजे सम्म सेवा दिदै आएका दुई ड्राईभ थ्रु केन्द्र भने अब दिउँसो १ बजे देखी राती ११ बजे सम्म खुल्नेछ ।
दुबै ड्राइभ थ्रु सेन्टर बाट दोस्रो डोजको खोप लगाउन सकिन्छ । तर याद रहोस् राती ११ बजे खोप लगाउनका लागि तपाईंले राती १० बजे भित्र नै प्रवेश गरी गरीसकेको हुनुपर्नेछ ।
के अपोइन्टमेन्ट चाहिन्छ ?
पहिलो डोजका लागि अपोइन्टमेन्ट आवश्यक पर्दछ भने दोस्रो डोजका लागि अपोइन्टमेन्ट चहिन्दैन ।
तर फाइजर र बायोटेक खोपको पहिलो डोज लगाएको २१ दिन र यदी तपाईंले मोडेर्ना खोप लगाउनु भएको छ भने २८ दिन पछी मात्र दोस्रो डोज लगाउन पाईन्छ ।
खोपका लागि आफ्नो नाम कसरी दर्ता गर्ने ?
१. राष्ट्रिय प्रमाणीकरण प्रणाली (नास) मा आफ्नो खाता खोल्नुहोस । नयाँ खाता खोल्न यहाँ थिच्नुहोस् । पहिलेनै खाता हुनेहरुले यहाँ थिच्नुहोस् ।
त्यसपछि आइडी र पासवर्ड हालेर लगइन गर्नुहोस ।
अब तपाईंले खोपका लागि फारम भर्न यहाँ क्लिक गर्नुहोस् ।
२. आफ्नो रोजगारको पद छान्नुहोस ।
३. भए आफ्नो आफ्नो हेल्थ कार्डको नम्बर हाल्नुहोस । (अनिवार्य छैन)
४. खोप लगाउन इच्छुक छु भन्ने बक्समा ठिक लगाउनुहोस ।
हाल अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी ,सम्पूर्ण कतारी नागरिक र ४० वर्ष देखि माथिका आप्रवासी नागरिकलाई खोप लगाउने काम भैरहेको छ ।