कतारमा कोरोना: थपिए २६० संक्रमित, ११३ संक्रमणमुक्त

कतारमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको छ त्यस्तै लापरवाही पनि । करिव ४०० भन्दा माथिको संख्यामा सावधानी नअपनाउनेहरु कारबाहीमा परेका खबर दिनहु आइरहेका छन् भने यता दैनिक जसो ठुलो संख्यामा कोरोना संक्रमित थपिन थालेका छन् । भ्याक्सिन लगाउने काम तिब्र रुपमा बढेपनी कोरोना कतारमा त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ । पछील्लो दिन मृत्युका खबरपनी बढीरहेका छन् ।
आज अप्रिल ७ तारिख बुधवार मात्र कतारमा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आजको संक्रमण र मृत्युदरको तथ्यांक सन २०२१ सालकै उच्च हो ।
देशभरका प्रयोगशालामा १३ हजार ५२१ जनाको नमुना परीक्षण गर्दा ९२७ जनामा संक्रमण पुष्टि भएको छ भने ५१२ जना निको भएका छन् त्यस्तै आज थप छ ३४, ४९, ५२, ५८, ७६ र ७९ बर्षिय नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ ।
आज भाइरस देखिएका मध्ये ८१४ जना स्थानीय र ११३ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । यो संगै हालसम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८५,२६१ पुगेको छ ।
आज छ जनाको मृत्यु भए संगै कतारमा हालसम्म भाइरस बाट ज्यान गुमाउनेको संख्या ३०६ बाट ३१२ पुगेको छ भने अहिले सम्म कतारमा कोरोना भाइरस लागेर निको हुनेको संख्या १,६६,९५३ रहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएकाले जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।
त्यसैले कतार सरकारले गत मार्च २६ तारिख शुक्रवारबाट लागुहुने गरी केही क्षेत्रमा थप प्रतिवन्ध लगाएको थियो ।
यस्तो छ २४ घण्टा भित्रकाे तथ्यांक
अस्पताल भर्ना हुने : २४६ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,६६३ जना
आईसीयुमा भर्ना हुने : ३८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४२७ जना
आज सम्म जाँच भएको संख्या : १७,७३,४३१ जना
अझै १७,९९६ जनालाई निको हुन बाँकी ।
आज खोप लगाइएको सँख्या : २६,७१२
हालसम्म खोप लगाइएको कुल सँख्या : ९६,१५५५
कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न सकिन्छ ।