कोरोनाभाइरसका कारण बन्द भएका कम्पनीलाई सरकारले सहयोग गर्ने

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि लगाईएको प्रतिवन्धका कारण बन्द भएका कम्पनीलाई सरकारले सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खलिद बिन खलिफा बिन अब्दुलअजिज अल थानीको नेतृत्वमा हिजो बसेको मन्त्रीपरिषदको बैठकमा अमिर शेख तमिम बिन हमाद अल थानीको निर्देशनुसार अतिप्रभावित क्षेत्रलाई आर्थिक प्रोत्साहन दिने निर्णय भएको हो ।
निर्णय अनुसार बन्द भएका कम्पनीलाई २०२१ को सेप्टेम्बर महिनासम्मका लागि बिजुली र पानीको महशुल छुट गरिएको छ । कतार राष्ट्रिय बैंकको २ प्रतिशत दर बढी नहुने गरि कम्पनीले लिएको ऋणको ब्याज थप एक वर्ष सम्म नलाग्ने भएको छ ।
त्यस्तै बन्द भएका कम्पनीका कामदारलाई तलब भुक्तान गर्न बिना ब्याज १५ मिलियन रियाल सहयोग गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो