कतारमा कोरोना : बढ्दो छ मृत्युदर आज फेरी नौ को मृत्यु , ८२७ जनामा संक्रमण

कोरोनाका कारण अस्ती नौ र होजो दश जनाको मृत्युभएको कतारमा आज फेरी थप नौ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्युहुने मा ४४, ४५, ५३, ५९, ६०, ६५, ७०, ७६ र ८३ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३६७ बाट ३७६ पुगेको छ ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप ८२७ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८२७ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९५,७५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार १०४३९ जनालाई गरिएको परिक्षणमा आज ८२७ जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ५७९ जना स्थानीय र २४८ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ९७८ संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा १५१ ले कमी आएको छ ।
त्यस्तै आज ६५९ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७३,२५७ रहेको छ ।
सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता खुलाउने गरेको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।
जनस्वास्थ्यका मापदण्ड पालना नगर्नेको संख्या बढ्दै गएको र पछील्लो समय बेलायत र साउथ अफ्रीका बाट सुरुभएको दोश्रो लहरका भाईरसका कारण अन्य मुलुकमा झैं कतारमा पनि संक्रमण दर पुनः उच्च हुँदै गएको जनस्वास्थ्यविद्हरुले बताएका छन् ।
बेलायत भेरिएन्ट पहिलाको तुलनामा तीव्र गतिमा फैलने हुँदा घातक बन्न सक्ने चेतावनी जनस्वास्थ्यविद्ले दिएका छन् । बेलायत भेरिएन्ट औसतमा अघिल्लो कोरोना भाइरसभन्दा ६० प्रतिशत तीव्र गतिमा फैलन सक्ने बेलायतमा गरिएको एक अनुसन्धानले देखाएको छ । दोस्रो लहरमा संक्रमित भएकामध्ये धेरै लक्षणविहीन छन् । धेरै संक्रमितहरुले आफुमा कोरोना कसरी देखियो अनुमान लगाउन सकेका छैनन् ।
त्यसैले कतार सरकारले बेला बखतमा केही क्षेत्रमा थप प्रतिवन्ध लगाउदै आएको पनि छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : १६५ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,४१७ जना - आईसीयुमा भर्ना हुने : २९ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४६९ जना - आज स्वाब जाँच गरिएको संख्या – १०,४३९ जस् मध्धे ४,०४३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,३४,७३१ जना - निको हुनेको संख्या – ६५९ जना
आज सम्म निको हुनेको संख्या – १,७३,२५७ जना - निको हुन बाँकीको संख्या – २२,१२४ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – ९
आज सम्म मृत्यु हुनेको संख्या – ३७६ - आज खोप लगाइएको संख्या – १५,४६२
आज सम्म खोप लगाइएको संख्या – १२,२५,११०
सावधानी नअपनाउने ३६२ कारबाहीमा परे
आन्तरिक मन्त्रालयले आज सार्वजनिक स्थलमा मास्क नलगाई हिड्ने थप २८२ जनालाई कारबाही गरेको छ । गाडीमा चारजना भन्दा बढी राख्ने तीनजना र सामाजिक दूरी कायम नगर्ने ७३ लाई पनि कारबाही गरिएको मन्त्रालयले बताएको छ ।
त्यस्तै आज एह्तेराज एप प्रयोग नगर्ने चार जनापनी कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेहरुको राष्ट्रियता भने मन्त्रालयले खुलाएको छैन ।
संक्रामक रोग सम्बन्धी मन्त्रिपरिषद्को निर्णय र १९९० को कानून नं १७ बमोजिम कोरोनाभाइरसको फैलावट सीमित राख्नको लागि अनिवार्य रहेको रोकथाम र सावधानीका नियम उल्लङ्घन गरेको आरोपमा अधिकारीहरूले उनिहरु लाई सार्वजनिक अभियोजनको मुद्दा चालाईएको , “मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ । जारी कानून उल्लङ्घन गर्नेलाई तीन वर्षको जेल सजाय वा दुई लाख रियाल सम्मको जरिवाना हुन सक्दछ।
कोरोनाभाइरसको फैलावट रोक्न सावधानी तथा रोकथामकारी निर्णयहरूको पालना गर्न मन्त्रालयले सम्पूर्ण नागरिकलाई आग्रह गर्दै आइरहेको छ ।