"पुर्ण बहादुरको सारङ्गी"को शो समयका लागि तल दिईएको लिंकमा क्लिक गर्नु होला ।

CLICK HERE !!
बिज्ञापन

कोरोना अपडेट : कतारमा भन्दा नेपालमा बढ्दै छ संक्रमण

नयाँ भेरियन्टसहितको कोरोना महामारी पुन संसार भर तिब्ररुपमा फैलिरहेको छ ।  कोरोनाको दोस्रो लहरले भारतमा ताण्डव नै मच्चिरहेको छ । नेपालमा पनि दैनिक रुपमा कोरोनाका संक्रमित बढ्ने क्रम जारी छ ।  झण्डै २०० को संक्रमितको अवस्थामा पुगेको नेपालमा अहिले फेरि कोरोना ग्राफ नैकै उकालो लागेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा करीब ७ हजार जनामा जाँच गर्दा १ हजार २२७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा बढी युवाहरु रहेका छैन् ।  २० देखि ३९ वर्ष उमेर समूहका ५०० भन्दा बढीलाई संक्रमण देखिएको छ । १९ वर्ष भन्दामुनि ९८ जनामा संक्रमण देखिएको छ ।  त्यस्तै नेपालमा आज थप ८ जनाको मृत्यु भएको छ।

अब कुरा गरौ कर्म थलो कतारको,  कोरोनाका कारण कतारमा आज फेरी थप चार जनाले ज्यान गुमाएका छन् ।
आज मृत्‍युहुने मा ३६, ५४, ५८ र ६५ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ ।  यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या  ३८६ पुगेको छ ।  हिजो ६ जनाले ज्यान गुमाएका थिए ।  

त्यस्तै गत चौबिस घण्टामा कतारमा थप ८९६ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८९६ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९७,४७६ पुगेको छ ।  करीब एक हजारको हाराहारीमा पुगेको संक्रमण केहीदिन यता ८५० देखी ९०० को बिचमा झरेको छ ।

त्यस्तै आज ७२८ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७४,६९८ रहेको छ ।

यी तत्यांक हेर्दा जारी प्रतिवन्ध र खोप लगाउने क्रम बढीरहेकाले कतारमा संक्रमण ओरालो लाग्न थालएको महसुस गर्न सकिन्छ ।  पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको होला ।

कतारमा गएको २४ घण्टा भित्रकाे तथ्यांक  

  • अस्पताल भर्ना हुने : १३० जना
    हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,२९९ जना
  • आईसीयुमा भर्ना हुने : २५ जना
    हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४६१ जना
  • आज स्वाब जाँच गरिएको संख्या – ११,८२९ जस् मध्धे ४,५४५  जना नयाँ
    आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,४४,५९८ जना
  • निको हुनेको संख्या – ७२८ जना
    आज सम्म निको हुनेको संख्या – १,७४,६९८ जना
  • निको हुन बाँकीको संख्या – २२,३९२ (सक्रिय संक्रमित)
  • आज मृत्‍युहुनेको संख्या – ४
    आज सम्म मृत्यु हुनेको संख्या – ३८६
  • आज खोप लगाइएको संख्या  – २३,२४९
    आज सम्म खोप लगाइएको संख्या – १२,७१,४७८
    योग्य जनसंख्याको ३६.२ % ले भ्याक्सिनको कम्तिमा एक डोज प्राप्त

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button