कतारमा आज ८०० जना संक्रमित भए नेपालमा भने २,४२८ जनामा संक्रमण
कतारमा कोरोना
कोरोनाका कारण कतारमा आज थप ७ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्यु हुनेमा २३, ४१, ४८, ५५, ६०, ७६ अनि ८१ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४०७ पुगेको छ ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप ८०० जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ८०० संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,९९,९८० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११,३५८ जनालाई गरिएको परिक्षणमा आज ८०० जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ५९० जना स्थानीय र २१० जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ८१९ संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा १९ ले कमी आएको छ ।
त्यस्तै आज ९७६ ७५७ जना संक्रमणमुक्त भएका छन् । हिजोको भन्दा २१९ ले बढी हो । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७७,१६४ रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
-
- अस्पताल भर्ना हुने : ९१ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,२३६ जना - आईसीयुमा भर्ना हुने : २५ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४४९ जना - आज स्वाब जाँच गरिएको संख्या – ११,३५८ जस् मध्धे ७८९३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,६२,४५९ जना - निको हुनेको संख्या – ९७६ जना
आज सम्म निको हुनेको संख्या – १,७७,१६४ जना - निको हुन बाँकीको संख्या – २२,४०९ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – ७
आज सम्म मृत्यु हुनेको संख्या – ४०७ - आज खोप लगाइएको संख्या – २४,५५७
आज सम्म खोप लगाइएको संख्या – १३,४५,४२३
योग्य जनसंख्याको ३८.४ % ले भ्याक्सिनको कम्तिमा एक डोज प्राप्त
- अस्पताल भर्ना हुने : ९१ जना
नेपालमा कोरोना
नेपालमा कोरोना संक्रमण आज पनि उकालो लागेको छ । आज मात्रै पछिल्लो २४ घण्टामा २,४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयले अनुसार पीसीआर विधिबाट २ हजार ३६५ र एन्टिजेन विधिबाट ६३ गरी जम्मा २४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै मोरङमा ११३ जना, सुनसरीमा ३६ जना, पर्सामा ७९ जना, काभ्रेपलाञ्चोकमा १७ जना, चितवनमा २२ जना, नुवाकोटमा १२ जना, मकवानपुरमा ३० जना, कास्कीमा ३१ जना, स्याङ्जामा १४ जना, कपिलवस्तुमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै गुल्मीमा १० जना, दाङमा २३ जना, पाल्पामा ४२ जना, बर्दियामा ३१ जना, बाँकेमा २७७ जना, रूपन्देहीमा १२५ जना, कञ्चनपुरमा ३७ जना र कैलालीमा ७३ जानमा कोरोना संक्रमण पुष्टि भएको छ ।यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको छ भने ५ जनाले ज्यान गुमाएका छन् ।
नेपालमा कोरोनाका कारण हालसम्म ३,११७ जनाले गुमाएका छन् ।