कतारमा ७९८ संक्रमित थपिए , नेपालमा २,५५९ जनामा संक्रमण
कतार
कोरोनाका कारण कतारमा आज थप छ जनाले ज्यान गुमाएका छन् ।
आज मृत्यु हुनेमा ३९, ४०, ४९, ५७, ६० र ६९ बर्षिय नागरिक रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४१३ पुगेको छ ।
त्यस्तै गत चौबिस घण्टामा देशभर थप ७९८ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ । ७९८ संक्रमित थपिए संगै हाल सम्म कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,०,०७७८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११,९७४ जनालाई गरिएको परिक्षणमा आज ७९८ जना नयाँ संक्रमित भेटिएको हो । जस मध्ये ५२४ जना स्थानीय र २७४ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् । हिजो कतारमा ८०० संक्रमित भएका थिए ।
आजको संक्रमणमा हिजोको भन्दा २ ले कमी आएको छ ।
त्यस्तै आज १,२९७ जना संक्रमणमुक्त भएका छन् । हिजोको भन्दा ३२१ ले बढी हो । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७८,४६१ रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : ८३ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,१६० जना - आईसीयुमा भर्ना हुने : १८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४४१ जना - आज स्वाब जाँच गरिएको संख्या – ११,९७४ जस् मध्धे ७,७४३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,७०,२०२ जना - निको हुनेको संख्या – १२९७ जना
आज सम्म निको हुनेको संख्या – १,७८,४६१ जना - निको हुन बाँकीको संख्या – २१९०४ (सक्रिय संक्रमित) ५०५ ले कम
- आज मृत्युहुनेको संख्या – ६
आज सम्म मृत्यु हुनेको संख्या – ४१३ - आज खोप लगाइएको संख्या – २६,९७३
आज सम्म खोप लगाइएको संख्या – १३,७२,३९६
योग्य जनसंख्याको ३९.१ % ले भ्याक्सिनको कम्तिमा एक डोज प्राप्त
नेपाल
नेपालमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप २,५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन् ।