कतारमा ओरालो लाग्दै छ भाइरसको संक्रमण, नेपालमा भने तिब्र गतीमा उकालो चढ्दै
कतार
गत चौबिस घण्टामा देशभर थप ७१८ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २,०१,४९६ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ९,६१३ जनालाई गरिएको परिक्षणमा आज ७१८ जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ५५३ जना स्थानीय र १६५ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ७९८ जना नयाँ संक्रमित भएका थिए ।
त्यस्तै संक्रमित भन्दा दोब्बर १,५१३ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १,७९,९७४ रहेको छ ।
कतारमा आज कोरोनाका कारण थप पाँच जना नागरिकको मृत्यु भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४१३ बाट ४१८ पुगेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक
- अस्पताल भर्ना हुने : ७६ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : १,११२ जना - आईसीयुमा भर्ना हुने : १८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ४३५ जना - आज स्वाब जाँच गरिएको संख्या – ९,६१३ जस् मध्धे ५,६०३ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १८,७५,८०५ जना - निको हुनेको संख्या – १,५१३ जना
आज सम्म निको हुनेको संख्या – १,७९,९७४ जना - निको हुन बाँकीको संख्या – २१,१०४ (सक्रिय संक्रमित)
- आज मृत्युहुनेको संख्या – ५
आज सम्म मृत्यु हुनेको संख्या – ४१८ - आज खोप लगाइएको संख्या – २२,३८५
आज सम्म खोप लगाइएको संख्या – १३,९४,७८१
नेपाल
नेपालमा पछिल्ला दिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा आठ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ ।
मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाडौं भक्तपुर, ललितपुरका साथै पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघिसकेको छ ।
यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६८ जना संक्रमणमुक्त भएका छन् ।